सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ भाद्र । नेपालको सर्वाधिक मतदाता भएको भक्तपुरको क्षेत्र नम्बर २ मा चुनावी माहोल तात्तिएको छ । पुर्वमन्त्री महेश बस्नेतको क्षेत्रसमेत भएकाले यसलाई अझ बढी चासोका साथ हेरिएको छ ।
नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा छन यद्यपि पार्टीले कसलाई टिकट दिन्छ पछि थाहा होला । थापा पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिन्छन् ।
यहि विषयमा जिल्ला सभापति थापाले सेतोखबरसँगको कुराकानीमा यो पटक क्षेत्र नम्बर २ बाट आफुले टिकट पाउने र जित्नेसमेत दाबी गरे । २०४८ सालदेखि २०७४ सम्मका ६ वटा चुनावमा कांग्रेस तीनपटक जितेको र तीनै पटक हारेकाले अब जित्ने पालो कांग्रेसको रहेको थापा बताउछन् । “यो पटक जित्ने पालो कांग्रेसको हो र जित्छ पनि,” उनले भने “शेरबहादुर दाइले एक वर्ष अगाडी दुर्लभ थापालाई हराएर देखाउ भन्दै महेश बस्नेतलाई चुनौती नै दिनुभयो, २०७४ मा झुक्किएर अर्काले टिकट पाउँदा हार्नुपर्यो अब दुर्लभ थापाले पाउँछ र जित्छ ।”
२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका तर्फबाट उम्मेदवार रहेका महेश बस्नेतले शानदार जित हात पारेका थिए । बस्नेतले करिब १८ हजार मतान्तरले प्रतिद्वन्दी नेपाली कांग्रेसका दमन नाथ ढुंगानालाई पराजित गरेको थिए ।
सभापति थापाका अनुसार त्यतिबेला एमाले-माओवादी गठबन्धन भएकाले पनि बस्नेतले जितेका हुन् । अहिले नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरेरै जित्ने थापाको दाबी छ । “गठबन्धन र कांग्रेसले टुरिष्ट उम्मेदवार उठाएकाले बस्नेतले जिते,” उनले सेतोखबरसँग भने “तर यो पटक नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरेरै एक्लै लडे पनि जित्छ ।”
चुनावी माहोल बढीरहेको बेला थापाको भनाई स्वभाविक हो एक नेताका हिसाबले । क्षेत्र नम्बर २ नेपाली कांग्रेसको राम्रै पकड भएको क्षेत्र हो । २०४८, ०५७, ०७० गरि तीनपटक जितेको कांग्रेसले २०५१, ०६४ र ०७४ मा हार बेहोर्यो । मध्यपुर ठिमी र सुर्यविनायक गरि दुईवटा नगरपालिका भएको यस क्षेत्रमा पहिलो स्थानीय तहको निर्वाचनमा एमालेले दुईवटै नगरपालिकामा जितेको थियो तर बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले सुर्यविनायक नगरपालिकामा मात्र जित्यो भने मध्यपुर ठिमी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनले जित्यो ।
क्षेत्र नम्बर २ मा महेश बस्नेतले सडक, पुलपुलेसा निर्माण लगायत सामाजिक काममा सक्रियता देखाएको प्रसंग निकाल्दा बस्नेतले आफ्नो कुन जग्गा बेचेर बाटो बनायो भन्दै झर्किए । उनले महेश बस्नेतले आफ्नो जग्गा बेचेर भक्तपुरको विकास नगरेको भन्दै जनताको करको पैसाले काम भएको बताए ।थापाले विकासको पर्याप्तता भएपनि जति गर्न सकिने हो त्यति महेश बस्नेतले गर्न नसकेको दाबी गरे । यसपटक जनताले साथ दिए बस्नेतको भन्दा देखिनेगरी भक्तपुरको मुहार फेर्नै थापाको अठोट छ ।
एमाले आफै टुटफुटले गर्दा पनि अलि कमजोर बनेको एमालेकै स्थानीय नेताहरु बताउँछन् । २०७९ को स्थानीय निर्वाचनमा मध्यपुर ठिमीको प्रमुखमा नेकपा एमालेका मदन सुन्दर श्रेष्ठ पराजित भएपछि महेश बस्नेतले उमेदवार गलत छनौट गर्दा हार ब्यहोरेको बताएका थिए ।
जिल्ला सभापति दुर्लभ थापा पनि टिकटको लबिङ देखि चुनावको तयारीमा देखिन्छन् । तर, गठबन्धनका कारण कुनचाँही आकांक्षीको पल्लाभारी हुने हो त्यो चाहि हेर्न वाँकि छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा