सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ असार । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १ सय २८ रुपैयाँ ११ पैसा तोकेको छ । यो विनिमय अहिलेसम्मकै उच्च हो । पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैकका अनुसार अमेरिकी डलर र युरोको भाउ बराबरी छ । आजको लागि राष्ट्र बैंकले युरोको खरिद मूल्य १ सय २७ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य १ सय २८ रुपैयाँ ३१ पैसा तोकेको छ ।
पछिल्लो समय रुस–युक्रेन युद्ध, विश्वमा देखा परेको आर्थिक मन्दि लगायतका कारणले अमेरीकी डलरको भाउँ दिनानुदिन बढिरहेको छ । यसरी डलरको भाउँ आकासिँदा हाम्रो जस्तो आयतमुखी देशलाई ठुलो असर पर्नै देखिन्छ । नेपालले अधिकांश आयात भारतबाट हुने गर्दछ । नेपाल–भारतीय रुपैया विनिमय दर भने समान भएको कारण भारतले पनि तेस्रो मुलुकबाट डलरमा सामान किन्ने गर्दछ । पेट्रोलियम पदार्थ लगायत भारतले तेस्रो मुलुकबाट आयात गर्ने गरेको छ ।
डलरको भाउँ बढेपनि रेमिट्यान्स, निर्यात र पर्यटक बढाउन सके नेपालमा यसको सकारात्मक असर पर्दथ्यो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा