सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोरोनाभाइरस महामारीपछि लकडाउन र कामका कारण पछिल्ला केही वर्षयता मानिसको तौल ह्वात्तै बढेको छ । अहिले तीब्र गतिले मानिसको तौल मारमा पर्ने गरेको छ । तौल घटाउनु सजिलो काम होइन, यसको लागि कसरत र स्वस्थ आहार चार्ट पछ्याउनु आवश्यक छ। विशेषज्ञ डाक्टरहरु पनि पछिल्लो समय मोटोपनबाट लाग्ने रोगहरुको उपचारम आउने विरामीहरुको संख्या बढेको बताउछन् । अस्वस्थकर खानेकुरा र शारिरिक ब्यायमको कमीले पछिल्लो समय मानिसहरुमा मोटोपनको समस्या बढ्दै गईरहेको छ । शारिरिक ब्यायम मात्र नभएर खानेकुरामा पनि विचार पुर्याउने हो भने तौल घटाउन निकै नै मद्यत पुग्छ ।
यी खानेकुरा खाँदा तौल कम हुन्छ
१. स्याउ
स्याउ एकदमै स्वस्थ फलमध्येको एक मानिन्छ। हामीले प्रायः सुनेका छौं कि दिनहुँ स्याउ खाएर डाक्टरकहाँ जानु आवश्यक छैन। यो फलमा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसका साथै चिनी र क्यालोरी को मात्रा पनि कम हुन्छ । यही कारण तौल घटाउने यो निकै राम्रो विकल्प हो ।
२. च्याउ
च्याउ महँगो खानाको रुपमा मानिन्छ । तर यसको सहायताले तौल घटाउने, बोसो पगाल्ने र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यो खानामा प्रोटिन धेरै पाइन्छ । च्याउ खाँदा तपाईंको मेटाबोलिजममा सुधार हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।
३. गाजर
यदि तपाई शरिरको तौल छिटो कम होस् भन्ने चाहनुहुन्छ भने यसका लागि गाजरलाई निश्चित रुपमा दैनिक भोजनमा समावेश गर्नुपर्छ किनभने यो कम क्यालोरी भएको भोजन हो । यस तरकारीमा घुलनशील र अघुलनशील फाइबरहरू हुन्छन् जसले तौल लाई कायम राख्न मदत गर्छ।
४. पपकर्न
घरमा वा सिनेमा हलमा पपकर्न नखाने हामी कोही पनि छैनौँ । यो तौल कायम राख्न सहयोग गर्ने फाइबरको प्रचुर स्रोत हो । घरमा कम तेलमा पपकोन तयार हुने कुरामा ध्यान दिनुस् । बजारमा प्राय स्याचुरेटेड फ्याटको प्रयोग गरिन्छ । यो कुनै पनि हालतमा स्वास्थ्यका लागि राम्रो हुँदैन ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा