सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन्।
सिंहले नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२५४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हुन्।
सिंहले ४६२१५ मत पाउँदा एमालेका सरावगीले भने २३१७१ मत पाएका छन्। राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३३१३ मत ल्याए।
उपमेयरमा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । आलमले ३००७८ मत ल्याएका छन् भने झाले ९५६८ मत प्राप्त गरे ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा