सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी ५१६७ मतान्तरले कांग्रेसका इन्द्रवहादुर बुढाथोकीलाई पराजित गरेका हुन् ।
बुढाथोकीले २६४७८ मत ल्याउदा बुढाथोकीले २१३११ मत पाए।
शर्माको वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भयो । कांग्रेस उम्मेदवार उद्धव बानियाँलाई एमालेका कन्चन तामाङले हराउनुभयो । तामाङले ३०१८ मत पाउँदा बानियाँले १८५९ मत पाउनुभयो ।
एमालेले २०७४ को निर्वाचनमा गुमाएको विरासतलाई यसपटक फर्काएको हो । उपप्रमुखमा एमालेकी मीना उप्रेती पुनः दोहोरिनुभएको छ । उहाँले २१५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२८१८मत पाउनुभयो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा