सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी भएका छन् ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी भएका हुन् । नगरप्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत पाएको उनले सुनाए। उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी भएकी छन् ।
उनले आठ हजार ८०४ मत पाउनुभयो । लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत पाएकी छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा