सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले स्थानीय तह निर्वाचनमा पहिलो विजय हासिल गरेको छ । पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन्। मतगणनाको अनुसार आलम ८७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे।
सुशासन पार्टीले पोखरीया नगरपालिकाको मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको छ । पार्टीका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन्। पहिलो स्थानमा एमालेका प्रधुमन प्रसाद चौहान अग्र स्थानमा छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा