सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मन्थली । रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कार्कीको प्यानलनै विजयी भएको हो ।
अध्यक्ष कार्की संगै वडा सदस्यहरुमा बालाकाजी श्रेष्ठ,चेत कुमारी श्रेष्ठ,चित्र शंकर अधिकारि र मुना सार्की बिजयी भएका छन।
वडा नं २ को मत गणना सकिँदा नगर प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा