सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३१ बैशाख । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी हुनुभएको छ । उहाँ ८ सय ७६ मतसहित निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ निर्वाचित हुनुभएको छ। उहाँ नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी हुनुभएको हो । ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा आङमोले ६ सय ७७ मत पाउनुभएको छ ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा