सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३१ बैशाख । नेकपा माओवादी केन्द्रले जनयुद्वको लालकिल्ला रोल्पा थवाङमा खाता खोलेको छ ।
थवाङ गाउँपालिका–५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।
घर्तिले ३९५ मत प्राप्त गरेका छन् भने नेकपा बिप्लव, नेकपा (एमाले), नेपाली काङ्ग्रेस पार्टीबाट गठबन्धनका साझा उम्मेरद्वार नेपाली काङ्ग्रेसका उम्मेरद्वार लुकमन रोकामगरलाई २९१ मत प्राप्त गरका छन् ।
त्यस्तै, महिला सदस्य जुनसरी पुनले ४०२, दलित महिला सदस्य रामकली बि। क। ले ४०३, खुल्ला सदस्य बुद्दिबहादुर घर्तिले ४०४ र खुल्ला सदस्य मैते घर्तिले ४०० मत प्राप्त गरि सम्पुर्ण प्यानलले बिजय प्राप्त गरेको छ । त्यसैगरि गाउँपालिका अध्यक्षका लागी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ऋषीकेशव बुढाले ३९४ मत, उपाध्यक्षका उम्मेरद्वार शर्मिला बुढाले ३८५ मत प्राप्त गरि अग्र स्थानमा हुनुहुन्छ भने गठबन्धनका स्वतन्त्र उम्मेरद्वार दर्जित रोकाले २८९ मत र उपाध्यक्ष रायबहादुर रोकाले २७६ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा