सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वि.सं.२०७८ साल भदौ १२ गते शनिबार । ईश्वी सन् २०२१ अगष्ट २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–षष्ठी, बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– भरुणी, रातको ०४ बजेर ०५ मिनेट उप्रान्त कृतिका । योग– वृद्धि, बिहान ०७ बजेर ५० मिनेट उप्रान्त ध्रुव । करण– गर, बेलुकी ०७ बजेर २५ मिनेट उप्रान्त वणिज, बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष ।काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ५६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरू समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । प्रेममा एक अर्का बीच वैमनस्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययनमा विजय हुने योग रहेको भने अन्य साथीहरूलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
यात्रासँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक सम्पत्ति जुट्नुको साथै बिलासी जीवन व्यतीत गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु सङ्ग्रह गर्न सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रसङ्गमा एक अर्का बीच नजिक हुने तथा रमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाइ लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यवसाय फस्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको । पुराना समस्याहरूलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरू सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा