सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महँगो धातु सुन एक हप्तामा ३२ सय रुपैयाँले सस्तिएको छ । असारका सात दिनमा सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको छ हो । यस अवधिमा चाँदी पनि तोलाको ७५ रुपैयाँले सस्तिएको छ ।
आइतबार प्रतितोला सुनको मूल्य ८०० रुपैयाँले घटेपछि असारमा ३२ सय रुपैयाँले सस्तिएको हो । यस दिन चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुनको प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकेको छ ।
शुक्रबार छापावालको प्रतितोला ९० हजार ८०० र तेजाबीको ९० हजार ३०० रुपैयाँ मूल्य तोकिएको थियो ।
चाँदी मूल्य पनि अघिल्लो दिनको तुलनामा आइतबार १५ रुपैयाँ सस्तो तोकिएको छ । आइतबारका लागि महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ तोकेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा