सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कच्चा पदार्थको उच्च मूल्य वृद्धिले नेपालमा कोरोगेटेड कार्टुन बक्स बनाउने उद्योग संकटमा परेको छ । आवश्यक कच्चा पदार्थहरुको मुल्य बढेसँगै कोरोगेटेड बक्स उद्योगहरुको उत्पादन लागत २५% सम्म बृद्धि भएको छ । भारतीय बजारमा क्राफ्ट पेपर डूप्लेक्सको मुल्य अत्यधिक बृद्धि र नेपालका पेपर मिलहरुले एकतर्फि अस्वभाविक मुल्यबृद्धि गरेका कारण एवं विश्वब्यापी कोभिडका कारण उत्पादकत्व घट्नुले पनि मुल्य आकासिएको बताइएको छ ।
विगत केहि महिना देखी कोरोगेटेड बक्स बनाउन चहिने क्राफ्ट पेपर, डूप्लेक्सको मुल्य ३९% बृद्धि भएको नेपाल कोरोगेटेड बक्स उत्पादन संघका अध्यक्ष सुशील कुमार गोशालीले बतााउनुभयो । अहिले उत्पादन लागतको तुलनामा तयारी बक्सको मुल्य बढ्न नसक्दा धेरै उद्योगहरु आर्थिक रुपमा चलाउन नसक्ने भई बन्द हुने अवस्थामा पुगेका छन् ।
नेपालमा हाल करिब १५० कोरोगेटेड बक्स उद्योगमा हजारौं कामदारहरुले रोजगारी पाइरहेका छन् । आर्थिक समृद्धिका लागि यो उद्योग अपरिहार्य भएकोले कच्चा पदार्थमा मुल्य बृद्धि भएको अनुपातमा बजारमा मुल्य बृद्धि गर्न नेपाल कोरोगेटेड बक्स उत्पादन संघले हार्दिक आहवान गरेको छ । साथै सरकारबाट थप सहयोग गरि उद्योग बचाउन पहल गरिदिन ब्यावासायीहरुले माग गरेका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा