सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल साइकल यात्रा टीम काठमाडौंबाट पश्चिम महेन्द्रनगरतर्फ हिँडेको छ । पर्यटन व्यवसायीहरुको यो साइकल समूहले ‘नेपाल साइकल यात्रा’ गर्दैछ । उनीहरुले महेन्द्रनगरदेखि पूर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।
साइकल समूह पश्चिम महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वारा, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणगढ, हेटौंडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काँकडभित्तासम्म पुग्नेछ । समूहले यो यात्राममार्फत नेपाली पर्यटनलाई जीवन दिन आन्तरिक पर्यटन प्रवर्धनको सन्देश प्रवाह गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान हुने साइकल यात्रीहरुको समूहलाई बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बोर्डको कार्यालय, भृकुटीमण्डपबाट बिदाइ गरेका हुन् । बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स एसोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा हुन लागेको कम्तीमा तीन साताको साइकल यात्रापश्चात समूह काठमाडौं फर्किने छ ।
कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवर्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्दत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।
साइकल समूहमा विश्व साइकलयात्री पुष्कर शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पाण्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पाण्डे, सिएन पाण्डे, लक्ष्मी श्रेष्ठ, पत्रकार अशोक सिलवाल लगायत छन् ।
पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर हुनेछ । कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीले नेपाली पर्यटन ब्युँझाउन गरेको यो सांकेतिक साइकल प्रयास हो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा