सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बडा दसैंमा उपत्यकामा खपत हुने खसीबोका, भेडाच्यांग्रा स्वस्थ वा खानयोग्य छन्–छैनन् पहिचान गर्न तिनको टाउकोमा फरकफरक रङ प्रयोग गरिएको छ ।उपभोक्तालाई स्वस्थ र रोगी चौपाया चिन्न सजिलो होस् भनेर महानगरले फरकफरक रङ प्रयोग गरेको हो ।
महानगरका अनुसार स्वस्थ चौपायाको टाउकोमा हरियो रङ हालिएको छ । महानगरले हरियो रङ हालिएको चौपाया मात्र खरिद गर्न आग्रह गरेको छ । रोगी वा खान अयोग्य चौपायाको टाउकामा रातो रङ हालिएको महानगरको पशु सेवा विभागले जनाएको छ ।
मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दसैंका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आए–नआएको, नाकबाट सिँगान बगे–नबगेको, झोक्राएको–नझोक्राएको, पातलो दिसा भए–नभएको, चोटपटक भए–नभएको जस्ता सामान्य स्वास्थ्य अवस्था पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ ।
ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना संकलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ ।
चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्का काठमाडौंमा ६० हजार खसीबोका आपूर्ति गर्न सकिने बताउँछन् । तर ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था नभएको उनले बताए । काठमाडौंको ठूलो खसी बजार भनेको कलंकी हो । बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए । कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडेका छन् ।
काठमाडौंको टुकुचामा पनि खसी बजार छ । दसैंका बेला आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ ।
काठमाडौैं चौपाया खरिदबिक्री प्रालिले यसपटक दसैंमा करिब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा