सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लकडाउन पछि मुल्य सुची जारी भउदेखी लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ । सुन तोलामा ४ सय रुपैयाले घटेको हो । सोमबार तोलामा ४ सयले बढेर नयाँ रेकर्ड कायम भएको मूल्य पुनः मंगलबार भाउमा ओर्लिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार मात्रै तोलाको ९१ हजारमा किनबेच भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।
मंगलबार तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा