सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले निशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ । साथै यो एपमा बालबालिकाहरूको लागि जनचेतनामूलक कोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर सन्देश पनि राखिएको फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिनुभएको छ ।
नेपाली वर्णमाला नेपाली बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एपले बालबालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठ्यक्रम एप हो । खेल तथा मनोरञ्जनमा पनि यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने छ ।
यस एपमा भिडियो मार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बालबालिकाहरूको ध्यान केन्द्रित गराई, बालबालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने छ ।
यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिनुभयो । साथै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनी दर्शन समावेश गरिएको छ ।
फेस्टले विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम, परामर्श र इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको छ । फेस्ट कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेक संस्थापक पावन भट्टले जानकारीे दिनुभयो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा