सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । कैलालीमा भारतबाट फर्किएर घरमै बसेका ५० वर्षीय पुरुष गम्भीर बिरामी परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का ती पुरुष चैत १९ गतेदेखि उच्च ज्वरो र रुघाखोकीले गम्भीर बिरामी भएको पाईएपछि उनलाई आजै सेती प्रादेशिक अस्पताल लिने तयारी भैरहेको छ ।
लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले २० दिन अगाडी भारतबाट फर्किएर घरमै लुकेर बसेको अवस्थामा गम्भीर बिरामी भएको खबरपछि उनको घरमै पुगेर सेती प्रादेशिक अस्पताल पठाउने तयारी भईरहेको जानकारी दिए । उच्च ज्वरो आएपछि स्थानीय मेडिकलमा गएर टाईफायड भएको भन्दै सुई लगाएको तर सन्चो नभएपछि मात्र अस्पताललाई खबर गरिएको बताइएको छ ।
‘ती पुरुषमा अहिले ज्वरो छैन्, तर शरिर दुःख्ने समस्या भएकाले भारतबाट फर्किएका कारण हामीले कोरोनाको संक्रमण भएको हुनसक्ने आशंकामा परिक्षणका लागि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाईरहेका छौँ ।’ डाक्टर तिमिल्सिनाले भने, ‘थ्रोट स्वाब संकलनका लागि पठाईरहेकाले परिक्षणपछि मात्र बाँकी कुरा पत्ता लाग्नेछ ।’ अस्पतालका अनुसार ती पुरुषले आफू भारतको हरियाणाबाट २० दिन अघि मात्र फर्किएको बताएका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा