सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकालाई पराजित गर्दै भुटान फाइनलमा प्रवेश गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै भुटान फाइनलमा प्रवेश गरेको हो।
भुटानसँग ३–० ले पराजित भएसँगै श्रीलंका भने लिग चरणबाटै बाहिरिएको छ। भुटानले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो। पहिलो हाफको १९ औँ मिनेटमा चिमे दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए।
बाँकी दुई गोल दोस्रो हाफमा गरेको थियो। दोस्रो हाफको ६९ औँ मिनेटमा श्रीलंकन खेलाडीले भुटानका खेलाडी डिबक्समा लडाएपछि भुटानले पेनाल्टी पाएको थियो। पेनाल्टीलाई दाबा छिरिङले सदुपयोग गर्दै टिमलाई २-० को अग्रता दिलाए। त्यसपछि ८० औं मिनेटमा एसी दोर्जीले गोल गर्दै भुटानलाई ३-० गोलको जित दिलाएका हुन्।
श्रीलंकालाई भारी गोल अन्तरले हराएसँगै भुटान ९ अंकसहित फाइनल प्रवेश गरेको हो। एक खेल खेल्न बाँकी रहेको नेपालको सात अंक छ। नेपालले अब बंगलादेशसँग खेल्दै छ। फाइनल पुग्न नेपालले बंगलादेशसँग कम्तिमा बराबरी खेल्नुपर्नेछ। समूह चरणको दोस्रो खेलमा भुटान नेपालसँग ४–० ले पराजित भएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा