सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन २६ । प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दे साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिएका हुन् ।
शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् । राउतले भाइचारको महत्वपुर्ण पर्व इद–उल–अजहा हर्षेल्लासका साथ मनाउन सम्पुर्ण इस्लाम धर्मालम्बी तथा प्रदेशवासीहरुमा आग्रह समेत गरेका छन् ।
इदमा केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी कुनै पनि निर्णय गरेको छैन ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा