सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, साउन २४ । शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २ वटा ब्रुमर सञ्चालनमा ल्याइएको जानकारी दिए ।
महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तर्गत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर सञ्चालनमा ल्याइएको बताएका छन् ।
२ वटा ब्रुमरको साथ-साथै २ वटा पानी टयांकर पनि सञ्चालनमा ल्याइएको महानगरपालिकाका मेयर महर्जनले बताएका छन ।
यसैगरी, अत्याधुनिक प्रविधियुक्त भनिएको सो ब्रुमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा सञ्चालन हुने बताएको छ । महानगरपालिकाका मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवर्द्धनको कामलाई पनि जोड दिइएको स्पष्ट पारेका छन् ।
उक्त ब्रुमर इटालीमा निर्माण गरिएको हो भने, दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ परेको छ ।
महानगरपालिकाका मेयर महर्जनले जेनटक प्राइभेट लिमिटेडबाट बोल पत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको त्यो रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने विश्वास व्यक्त गरे ।
यसैगरी, महानगरपालिकाले ब्रुमरसँगै सञ्चालनमा ल्याएको २ वटा पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको हो ।
ललितपुर महानगरपालिकाले ठूला ब्रुमर सञ्चालन नहुने स्थानहरुमा साना ब्रुमरको प्रयोग गरी सफाइ अभियानलाई तीव्रता दिने जनाइएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा