सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सल्यान, साउन २० । त्रिवेणी गाउँपालिकाले आर्थिक रुपमा विपन्न तथा दलित समुदायका परिवारलाई निःशुल्क सोलार वितरण गरेको छ।यसैक्रममा, उज्यालो गाउँपालिका अभियान कार्यक्रम अन्तर्गत आर्थिक रुपमा विपन्न वर्गलाई ५० वाटको सोलार वितरण गरिएको हो।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले गाउँमा विद्युत पुगे पनि आर्थिक अवस्था कमजोर भई मिटरबक्स किन्न र मासिक महसुल बुझाउन नसक्ने परिवारलाई सोलार वितरण गरिएको जानकारी दिए ।
उनको अनुसार गाउँपालिका भित्रका प्रत्येक वडाबाट नौ नौ जना गरी ५४ घरपरिवारलाई सोलार वितरण गरिएको छ। उनले भने, ‘उज्यालो गाउँपालिका अभियानलाई सफल बनाउन आगामी वर्ष पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने छौ।’
सोहि गाउँपालिका वडा न ६ की विमला नेपालीले छरछिमेकीले विद्युतबाट बत्ति बालेको देख्दा दुखी भएपनि आज सोलार पाउदा निकै खुशी लागेको बताइन् । उनले भनिन, आर्थिक अवस्था कमजोर हुँदा गाउँमा विद्युत आएपनि मिटरबक्स किन्ने पैसा मासिक शुल्क तिर्ने अवस्था नहुँदा अध्यारोमै जीवन काट्न बाध्य थियौं तर आजबाट अध्याराले हामीलाई छोडेको छ।’
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा