सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १२ । चीनको ल्याओनिङ प्रान्तमा रहेको दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार शनिबार नेपाल फर्काइएको छ ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गएको मे महीनामा यो कारखानामा काम गर्न भनी चीन गएका थिए ।
दूतावासमा जुन महिनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्त भएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।रासस
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा