सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आयोजक इङ्गल्याण्ड विरुद्ध विश्वकप २०१९ को फाइनलमा न्युजिल्याण्डका कप्तान केन विलियमसनले इतिहास रचेका छन् । कीवी कप्तानले यो विश्वकपमा ५४९ रन बनाउदै एउटा ठुलो किर्तिमान आफना नाम गरेका छन् । जारी विश्वकपमा आफनो ब्याट् ले नै विलियमसनले न्युजिल्याण्डलाई फाइनल सम्म पुर्याए ।
विपरित अवस्थामा खेलीएको ५३ बलमा ३० रनको पारीको दौरान विलियमसन एक विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । यो भन्दा पहिला श्रीलंकाली कप्तान महेला जयवर्धनेले २००७ विश्वकप मा ५४८ रन बनाएका थिए ।
क्यारेबीयाली मैदानमा खेलीएको त्यो टुर्नामेन्टमा जयवर्धनेले यो कमाल गरेका थिए, जसलाई अहिलेसम्म कसैले तोड्न सकेका थिएनन् तर विलियमसनले जारी विश्वकपको १० औ म्याचको नौ औ पारीमा ५७८ रन बनाउदै उनको रेकर्ड तोड्दै यो किर्तिमान आफनो नाम गरे ।
विश्वकपको फाइनल प्रतिस्पर्धामा विलियमसनले ३० रन बनाए र लाम प्लंकेटले उनलाई विकेट किपर जोस बटलरको हातबाट क्याच गराउदै पवेलियन फर्काए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा