सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को उपाधि प्रतिस्पर्धामा टस जितेर पहिला ब्याटिङ गर्दे न्युजिल्याण्डले इङ्गल्याण्ड लाई २४२ रनको लक्ष्य दिएको छ । इङ्गल्याण्ड को बलिङको अगाडि कुनै पनि कीवी टिमका ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्न सकेनन् । नतिजा ५० ओभरमा न्युजिल्याण्ड ८ विकेटको नोक्सानीमा २४१ रन मात्र बनाउन सक्यो । सलामि ब्याट्सम्यान हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए भने विकेटकिपर ब्याट्सम्यान टम लाथमले ४७ रनको योगदान दिए । इङ्गल्याण्ड को तर्फबाट क्रिस वोक्स र लियाम प्लंकेटले ३–३ विकेट लिए । जोफ्रा आर्चर र मार्क वुडको खातामा १–१ विकेट पर्यो ।
लगातार दोस्रो पटक फाइनल खेलीरहेको न्युजिल्याण्डको शुरुवाती खराव रह्यो र ७ औ ओभरमा मार्टिन गप्टिल १९ रन बनाउदै आउट भए । पहिलो पावर प्लेमा न्युजिल्याण्डले एक विकेटको नोक्सानीमा ३३ रन बनाए । न्युजिल्याण्डको ५० रन १३.४ ओभरमा पुरा भयो । न्युजिल्याण्डले २१.२ ओभरमा आफनो १०० रन पुरा गर्यो । कप्तान केन को प्लंकेटले विकेट पछाडि बटलरको हातबाट क्याच आउट गरे । न्युजिल्याण्डलाई निकोलसको रुपमा तेस्रो झट्का लाग्यो । हेनरी निकोलसले विश्वकपमा आफना पहिलो र करियरको ९ औ अर्धशतक लगाए । उनी ५५ रन बनाएर प्लंकेटको बलमा बोल्ड भए । यसपछि टेलरले पनि १५ रन मात्र बनाउन सके । नीशाम १९ रन बनाउदै आउट भए । ग्रडहोमले तेज रफतारमा रन बनाउन सकेनन् र मात्र १६ रन बनाउदै आउट भए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा