सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार १९ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र वेस्ट इन्डिज भिडिरहेका छन् ।
लिड्समा जारी खेल विजयका लागि वेस्ट इन्डिजले अफगानिस्तानलाई ३१२ रनको चुनौती दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३११ रन बनायो ।
साइ होपले ७७, इभाँ लेविस र निकोलस पुरनले समान ५८ रन बनाउँदा कप्तान जासन होल्डरले ३४ बलमा ४५ रन जोडे ।
अफगानिस्तानका दलत जद्रानले सर्वाधिक दुई विकेट लिए ।
विश्वकपमा अन्तिम खेल खेलेका क्रिस गेलले भने निराश पारे । गेलले १८ बलमा ७ रनमात्र बनाए ।
जारी विश्वकपबाट बाहिरिएका यी दुवै टिमले प्रतिष्ठाका लागि अन्तिम खेल खेलिरहेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा