सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को ४१ औँ म्याचमा आयोजक इङ्गल्याण्ड को प्रतिस्पर्धा न्युजिल्याण्डसँग भयो । यो प्रतिस्पर्धामा इङ्गल्याण्ड ले न्युजिल्याण्डलाई ११९ रनले हराउदै विश्वकप २०१९ को सेमीफाइनलमा ठाउँ बनायो । इङ्गल्याण्ड को टिम सन १९९२ को विश्वकप पछि पहिलो पटक सेमीफाइनलमा पुगेको छ ।
यो प्रतिस्पर्धामा इङ्गल्याण्ड का कप्तान इयोन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो र जोनी बेयरेस्टो को शतक र जेसन रायको अर्धशतकको मद्यतले ५० ओभरमा ८ विकेटमा ३०५ रन बनायो । यस्तैमा न्युजिल्याण्ड सेमिफाइनलमा पुग्नको लागी ३०६ रनको आवश्कता थियो तर टिम ४५ ओभरमा १८६ रनमा अल आउट भयो र प्रतिस्पर्धा ११९ रनले हार्यो ।
हारपछि न्युल्यिाण्डको टिम सेमीफाइनलमा पुग्ने सपना चकनाचुर भएको छ । यद्यपी, कीवी टिमको नेट रनरेट यति राम्रो छ कि यदि पाकिस्तानको टिम बंग्लादेशलाई १०० रनले हराए पनि न्युजिल्याण्डको टिम नै सेमिफाइनलमा पुग्नेछ । यसरी अष्ट्रेलिया, भारत, इङ्गल्याण्ड र न्युजिल्याण्डको टिम ९ र ११ जुलाईमा सेमिफाइनलको लागी भिड्नेछन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा