सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, पुस १७ । मेलबर्न स्टार्सबाट बिग ब्यास लिग खेलीरहेका सन्दिप लामिछानेले आफनो चौथो खेलमा पनि विपक्षी टोलीको कप्तानको विकेट लिएका छन् । हालसम्म खेलेका चारवटै खेलमा विपक्षी टोलीको कप्तानको विकेट लिने क्रमलाई सन्दीप लामिछानेले मङ्गलवार पनि जारी राखेका हुन्।
अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको आजको खेलमा मेल्बर्न रेनिगेड्स विरुद्धको खेलमा पनि उनले कप्तान टम कूपरको विकेट लिएका हुन्। लामिछानेले दोस्रो ओभरको अन्तिम बलमा १० रन बनाएर खेलिरहेका कूपरलाई आउट गरेका हुन् ।
बिहीवार अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको तेस्रो खेलमा सन्दीपले खेलमा दुई विकेट लिँदा सिड्नी सिक्सर्सका कप्तान मोजेज एन्रिक्सलाई एलबीडब्ल्यूको धरापमा पारेका थिए। सिड्नी सिक्सर्सविरुद्धको खेलमा उनले चार ओभरमा १८ रन दिँदै दुई विकेट लिएका थिए ।
पहिलो खेलमा सिड्नी थन्डरका कप्तान शेन वाट्सन पनि सन्दीपको बलमै आउट हुन पुगेका थिए भने दोस्रो खेलमा मेल्बर्न स्टार्सले लिएको कुल चार विकेटमध्ये तीनवटा सन्दीपले आफ्नो खातामा पारेका थिए। सन्दीपले त्यसमा पनि कप्तान म्याथ्यु स्कट वेडको विकेट लिएका थिए।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा