सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इस्लामबाद । क्रिकेटरबाट नेता बनेका इमरान खानको शुक्रबारबाट नयाँ पारी शुरु भएको छ । उनी शुक्रबार नेशनल एसेम्बलीबाट पाकिस्तानी प्रधानमन्त्रिमा चुनिएका हुन् भने उनले बरिष्ट नेता शाहबाज शरीफलाई हराएका हुन् । देशको २२ औ प्रधानमन्त्रिको रुपमा इमरान खान शनिवार (आज) शपथ ग्रहण गर्देछन् ।
पुर्व प्रधानमन्त्रि नवाज शरीफका भाई र पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शाहबाजको प्रधानमन्त्रि पदको उमेदवारीलाई लिएर विपक्षमा असमझदारी आएको थियो । बिलावल मुट्टोको नेतृत्व भएको यो पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले मतदानमा भाग लिएनन् । उसको ५४ सांसद थिए । त्यसैकारण प्रधानमन्त्रि पदको लागी चुनाव मात्र औपचारिक रुपमा रह्यो ।
नेशनल असेम्बलीको स्पीकर असर कैसरले पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) का अध्यक्ष ६५ बर्षिय इमरान खानलाई १७६ भोट पाएको घोषणा गरे जबकी उनको प्रतिद्धन्दि शाहबाजले मात्र ९६ भोट पाए ।
नतिजा घोषणापछि पीएमएल–एनका सांसदहरुले इमरान खान विरुद्ध नाराबाजी गर्दे संसदमा विरोध प्रदर्शन समेत गरेका थिए ।
पाकिस्तानको २२ औ प्रधानमन्त्रिको रुपमा इमारनले शनिवार शपथ ग्रहण गर्नेछन् । सरकार बनाउनको लागी संसदको ३४२ सदस्यीय सदनमा कुल १७२ भोटको आवश्यक पर्दछ । तर शुक्रबार पीपीपी का ५४ मत शाहबाज शरीफको पक्षमा गर्नको लागी पीएमएल (एन) का वरिष्ठ नेता तथा पुर्व स्पीकर अयाज सादिकले बिलावल भुट्टोलाई मतदानमा भाग लिनको लागी आग्रह गरेका थिए तर उनले मानेनन् । भने जमात–ए–इस्लामीले पनि मतदानमा भाग लिएनन् ।
इमरान खानलाई चुनावमा साना दलहरुको साथ मिल्यो । मुत्ताहिदा कौमी मूभमेन्ट, बलोचस्तान अवामी पार्टी, पाकिस्तान मुस्लिम लिग, ग्रांड डेमोक्रटिक अलायन्स र अवामी मुस्लिम लीग जस्ता दलले इमरानको पक्षमा भोट हालेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा