सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १८ असार । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइको मिति तय गरेको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र सुनुवाइ गर्नको लागि असार २० र २१ गतेको मिति तय गरेको हो ।
बैठकमा समितिका सभापति पशुपति शमशेर जबराले संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित व्यक्तिमाथिको सुनुवाइ गर्ने सम्बन्धमा समितिले सचिवालयको तर्फबाट प्रस्तावित मिति परिमार्जनसहित पारित गरिएको जानकारी दिएका हुन् ।
उनले भने, ‘सचिवालयबाट तयार गरिएको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा