सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ बैशाख । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’सँग दोस्रो टी-२० मा घरेलु टोली १० रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले नौ विकेटको क्षतिमा १५० रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन बनाए। उनले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेपालका लागि गुल्सन झाले २६, लोकेश बमल १७ र आरिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
वेस्ट इन्डिजका लागि ओबेड म्याकवे र गुडाकेस मोटिईले दुई-दुई तथा ओसेन थोमस र रोस्टोन चेसले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेटको क्षतिमा १६० रन बनाएको थियो। वेस्ट इन्डिजका लागि एन्ड्रे फ्लेचरले ४६, गुडाकेस मोटिईले ३३, रोस्टोन चेसले २३, जोनसन चार्ल्सले ११ र केइसी कार्टीले १० रन बनाए।
नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले दुई-दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
यसअघि शनिबार भएको पहिलो खेल नेपालले जितेको थियो। अर्को खेल बुधबार दिउँसो १ बजे शुरू हुनेछ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा