सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / अछाम, जेठ १ । केही दिन अघि झोलुङ्गे पुल उपभोक्ता योजनाको बिषयलाई लिएर इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने जिल्ला समन्वय समिती अछामका सदस्य बेदप्रकाश तिमिल्सिना सोही दिनदेखि फरार अवस्थामा रहेका छन । अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई जनप्रतिनिधि तिमिल्सिनाले एकाएक गाली गर्दै अश्लील शब्दहरु समेत प्रयोग गरेको फोन रेकर्ड बैशाख २७ गते भाइरल भएको थियो । उनले इन्जिनियर थापा संगै सुदुरपश्चिम प्रदेश सभा सदस्य एवं नेकपा सुदुरपश्चिम सचेतक अक्कल रावललाई समेत गाली गरेका थिए ।
आफुले भनेबमोजिम नगरेको र आफ्नो मान्छे संग छलफल नगरेको भन्दै तिमिल्सिनाले हदैसम्मको गाली गरेका थिए । इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने र अश्लील गाली गर्ने तिमिल्सिनालाई तत्काल गिरफ्तार गर्न गृहमन्त्री रामबहादुर थापाले आदेश दिएपश्चात नेपाल प्रहरीले अहिले उनको खोजिकार्य गर्दैछ । इन्जिनियर एसोसिएसन ३ नम्बर प्रदेश कार्यकारिणी समितीले समेत उनलाई गिरफ्तार गरेर कारवाही गर्न माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको छ । २७ गते भाइरल भएको उक्त फोन रेकर्ड अझै पनि भाइरल नै छ ।
इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने जनप्रतिनिधि एवं काङ्ग्रेस नेता तिमिल्सिनाको खोजिकार्यमा अछाम प्रहरी सक्रिय छ : डिएसपी शाही
रेकर्ड भाइरल हुनु अगावै देखि तिमिल्सिना अछाममा नभएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले बताउनु भयो । उहाँले भन्नुभयो, “गृहमन्त्रालयको आदेश पछि उहाँको खोजिकार्य अझै सक्रिय भएर गरिरहेका छौं, ठाउँ ठाउँमा प्रहरी परिचालन गरेका छौं ।” तिमिल्सिनालाई गिरफ्तार गर्न विभिन्न जिल्लाका प्रहरी संग पनि समन्वय गरेको शाहीले बताउनुभयो । उहाँले केही अराजक तत्वहरुले आफुलाई काममा असहज बाताबरण सिर्जना गर्न खोजेको भन्दै खोजिकार्य तिब्र नबनाउन समेत दबाब दिईरहेको तर आफुले कानुन बमोजिम काम गरिरहेको स्पष्ट पार्नुभयो । यो प्रहरीका लागि समेत चिन्ताको बिषय रहेको भन्दै माथिको आदेश अनुसार नै आफुले काम गरिरहेको बताउदै तिमिल्सिना हाल फरार अवस्थामा रहेको जानकारी दिनुभयो ।
ज्यानै मार्ने धम्की दिने तिमिल्सिना नेपाल पत्रकार महासंघ अछामका पुर्व जिल्ला अध्यक्ष समेत हुन । उनी प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस अछामका सहसचिव र प्रवक्ता समेत हुन ।
यो पनि पढ्नुहोस्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा