डोल्पा, साउन ११ । डोल्पामा ११८ किलोमिटर सडकको ट्र्याक खोलेर लक्ष्य पूरा भएको भन्दै सेनाले फर्किन शुरु गरेको छ । करीब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले लक्ष्य पूरा भएको भन्दै फर्कन शुरु गरेको हो । सेनाले सडक अब हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । सल्यानको सल्लीबजारबाट जाजरकोटसम्म सेनाले निर्माण गरेको बाटोमा पिचसमेत भइसकेको छ ।... विस्तृतमा