काठमाडौँ, साउन १९ । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५/७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा २२७ मुद्दा दर्ता भएका थिए । केन्द्रीय प्रहरी... विस्तृतमा