जनकपुर । अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी रहेको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ३ गजरिया स्थित एउटा सः मिलमा छापामारी गरी अवैद्य काठ बरामद गरिएको छ । सो सः मिल क्षीरेश्वरनाथ नगरपालिका ३ का जगदीश ठाकुर र भंगहा नगरपालिका ९ का ललित ठाकुरको रहेको छ । कञ्चनवन भन्दा पूर्व रहेको सो सः मिलबाट सालको ९ थान गोलिया बरामद गरिएको छ । सो काठ ७१.६० क्वीफिट रहेको छ ।... विस्तृतमा