जनकपुर । नयाँ वर्ष २०८२ को दास्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ । शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्भावको प्रतिक रहेको जुडशीतल पर्व आज मनाइँदैछ । जुडशीतलमा शीतल जल (चिसो पानी) ले घर, तुलसी चौरा, बोटबिरुवा र मान्छेको शुद्धीकरण गरिन्छ । आजको दिन घरका ठूलाबडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरुको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा रहेको छ ।... विस्तृतमा