काठमाडौं । पर्याप्त मात्रामा राजस्व उठाउन असफल बन्दै गएको सरकारले चालू खर्च र पुँजीगत खर्च धान्न आन्तरिक र बाह्य ऋण थपेको थप्यै गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको नौ महिनामा मात्र सरकारले सार्वजनिक ऋण २ खर्ब २८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थपेको हो । चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ... विस्तृतमा