काठमाडौँ, २२ पौष । साताको दोस्रो कारोबारको दिन शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ४९ दशमलव १२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेको छ । यसदिन ३१२ वटा कम्पनीका १ करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको २९ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबै समूहको... विस्तृतमा