काठमाडौँ । नयाँ बर्ष २०८२ को पहिलो कारोबारको दिन हिजो २७ अङ्कले बढेको शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ०१ अङ्कले बढेर २ हजार ६९६ दशमलव २३ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको यसदिन ३२९ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५९ करोड ६१ लाखको शेयर किनबेच भयो... विस्तृतमा