काठमाडौँ, ११ असार । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ दशमलव ७७ विन्दुमा पुगेको छ । यसदिन आज ३१९ वटा कम्पनीका ९४ लाख ३५ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ । आज बैंकिङ, फाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल, जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।... विस्तृतमा