काठमाडौँ, २६ भाद्र । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार २२ दशमलव ७३ अङ्कले घटेर २ हजार ६१० दशमलव २१ विन्दुमा झरेको छ । यसदिन ३१७ वटा कम्पनिको १ करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिईडिबि हाइड्रोको ३४ करोड ७३ लाख रुपैयाको शेयर किनबेच भयो । ३ हजार विन्दुमा पुगेको नेप्से पछिल्लो ६ कारोबारको दिन लगातार घटेको छ ।... विस्तृतमा