काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४९ अङ्कले बढेर २ हजार ७२२ दशमलव ७३ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन ३११ वटा कम्पनीका २ करोड ३७ लाख कित्ता शेयर १० अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन पावरको १ अर्ब ५८ करोडको शेयर किनबेच भयो । यो कारोबार रकम झन्डै डेढ महिनायताकै उच्च हो ।... विस्तृतमा