सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक १० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा गरिरहेको छ ।
पार्टीले चियापान कार्यक्रममा झण्डै ५० हजार जनालाई निम्तो पठाएको छ । यसैक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेकपाको चियापान कार्यक्रममा जान नसक्ने बताएका छन् ।
ट्विटरमा आफुलाई पठाएका चारवटा शुभकामना कार्ड राखेर निमन्त्रणा कार्ड पर्ठाएकोमा धन्यवाद दिदै सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुने बताएका छन् । त्यसैले आफु चियापानमा आउन सकिनँ भनेका छन् ।
चियापानको निम्तो कार्डमा नेकपाका अध्यक्षद्व केपी शर्मा ओली र प्रचण्डको संयुक्त नामको हस्ताक्षर सहितको निमन्त्रणा पत्र, अध्यक्षद्वयको अलग–अलग नाममा र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नामबाट शुभकामना पठाइएको छ ।
सत्तासीन कमरेडहरू,
एउटै खाममा४वटाशुभकामना/निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद!तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना!गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले५०हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि?त्यसैले म आउन सकिनँ!जय होस! pic.twitter.com/UEU8l3UQkc— Baburam Bhattarai (@brb1954) October 27, 2018
चियापान कार्यक्रम शनिवार दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ । दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताए। दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुनेछन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा