सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इंडोनेशिया सरकारको अनुसार सुलावेसी द्धिपमा आएको भुकम्प र त्यसपछिको उठेको सुनामीमा परी मर्नेको संख्या बढेर १,२३४ पुगेको छ ।
पहिलो यो संख्या ८४४ बताइएको थियो । राष्ट्रिय आपत एजेन्सिका प्रवक्ता सुतोपो पुरवो नगरोहोका अनुसार मंगलबार दिउसो १ बजेसम्म १,२३४ जनाको मुत्यू भएको पुष्टि गरेका छन् । यसैबीच मंगलबार इंडोनेशियाली प्रहरीका अनुसार लुटपाट गरेको आरोपमा दर्जनौलाई पक्राउ गरेको जानकारी दिएको छ । यहाँ जीवित बचेका मानिसहरुले पानी, खाना र अन्य बस्तुहरुको लागी पसलमा लुटपाट गरेको बताइएको छ ।
आकाशबाट खिचिएका विध्वंसका केही तस्बिरहरु
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा