सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन १८ । साँग्रिला डेभलपमेन्ट बैंकले मोर जिल्लाको टँकी सिनुुवारीमा आफनो थप शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका विच शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरेका हुन ।
समारोहमा बोल्दै शिवाकोटीले बैंकमा पैसा राख्दा ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह समेत गनुभयो ।
कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले गरेको थिए भने् स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गरेका थिए ।
उक्त शाखासँगै बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा थप शाखा संचालन गर्ने योजना रहेको बैंककाले जनाएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैकले उपलब्ध गराउँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा