सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्जेन्टिना, पोर्चुगल र जर्मनी जस्ता टिम बाहिरिएसँगै अन्तिम १६ को ग्रुप स्टेज समाप्त भईसकेको छ । फिफामा भएको अहिलेसम्मके कैयौ ठुलो उथलपुथलपछि अन्तिम–८ टिमसँगै क्वार्टरफाइनल शुरु भईसकेको छ ।
शुक्रबार अन्तिम–१६ मा इङ्गल्याण्डको जीतसँगै यो तय भईसकेको छ कि फिफा विश्वकप २०१८ मा कुन टिम अन्तिम–८ मा पुगेको छ । यी टिम मध्ये पाँच पटकको विश्वकप च्याम्पियन ब्राजील लगायत इङ्गल्याण्ड बेल्जियम, क्रोएशिया, उरुग्वे, स्वीडेन, फ्रान्स र आयोजक रुस रहेका छन् ।
६ जुलाई बाट शुरु हुन गईरहेको फिफा विश्वकपको क्वार्टरफाइनल राउण्डमा पहिलो प्रतिस्पर्धा शुक्रबार फ्रान्स र उरुग्वे विच हुन गईरहेको छ भने त्यही दिन दोस्रो प्रतिस्पर्धा ब्राजीलको सामना बेल्जियमले गनुपर्ने हुन्छ ।
फ्रान्सेली टिम क्वार्टर फाइनलसम्म लैजानमा सबैभन्दा बढि योगदान कलाइन एमबापे र एंटोनी ग्रीजम्यानको रहेको छ । अर्जेन्टिना विरुद्ध प्रि–क्वार्टरफाइनलमा एमबापेको दुई गोलले म्याचको नतीजा त बदल्यो नै सँगसँगै ग्रीजम्यानको पेनाल्टि पनि सम्झन लायक रह्यो । सन् १९९८ मा फ्रान्सले पहिलो र एकमात्रै विश्वकप जित्दा एमबापे जन्मिएकै थिएनन्।
फ्रान्सेली टिमको टुर्नामेन्टको यात्रा राम्रो रहयो उसले अष्ट्रेलियालाई २–१ ले हरायो, जबकी पेरुलाई १–० ले पराजित गर्यो । यसको साथै डेनमार्कसँगको म्याचमा १–१ को बराबरी खेले । उसको अगाडि उरुग्वे चुनौति बनेर अगाडी आएपनि यो म्याच रोमाञ्चक भने अवस्य हुनेछ ।
यता, उरुग्वेले टुर्नामेन्टको शुरुवात राम्रो गर्यो र ग्रुप स्टेजमा लगातार तिनै म्याच आफनो नाममा गर्यो ।
उसले आफनो जितको शुरुवात ईजिप्ट र साउदी अरबलाई १–० ले हराउदै गर्यो र रुसलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो भने प्रि–क्वार्टरफाइनलमा रोनाल्डोको टिम पोर्चुगललाई २–१ ले हराउदै क्वार्टरफाइनलको यात्रा तय गर्यो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा