सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एडिनसन कवानीको दुई गोलको मद्यतले उरुग्वेले पोर्चुगललाई २–१ हराउदै फिफा विश्वकपको क्वार्टरफाइनल मा प्रवेश गरेको छ, जहाँ उसको फ्रान्ससँग ६ जुलाईमा टक्कर हुनेछ जसले अर्को खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो । कवानीले टिमको लागी ७ औ तथा ६२ औ मिनेटमा गोल गरे जबकि पोर्चुगलको लागी एकमाात्र गोल पेपेले ५५ औ मिनेटमा गरे ।
पोर्चुगलका स्टार रोनाल्डो यो म्याचमा आफनो जादु देखाउन सकेनन् । उनीसँग पहिलो हाफमा डाइरेक्ट फ्रि किक द्धारा गोल गर्ने मौका मिलेको थियो, तर उनले कुनै कमाल देखाउन सकेनन् जस्तो स्पेन विरुद्ध ह्याट्रिक को समय उनले गरेका थिए । रोनाल्डोले यो म्याचमा दोस्रो एल्लो कार्ड पनि पाए । अन्तिम क्षणमा त पोर्चुगलका गोलकिपर पनि अतिरिक्त खेलाडीको रुपमा मैदानमा आए तर पोर्चुगलले बराबरी गर्न पनि सकेन ।
कवानीको गोलको मद्यतले उरुग्वेले शुरुवात मा नै अग्रता लिएको थियो । सुआरेजले बायँपटिबाट उत्कृष्ट क्रस दिए र कवानीले हेडर मार्फत बललाई जाली चुमाएका थिए । यद्यपी, पहिलो हाफमा पोर्चुगलले राम्रो शुरुजवात गरेको थियो र सानो सानो पासमा खेलीरहेका थिए । पछि एक गोलले पछि परेपछि पोर्चुगल माथि दबाब बढ्यो । बलमा ज्यादा समय कब्जा राख्नुको बाबजुद पनि उसले स्कोर भने गर्न सकेन ।
कवानीको उरुग्वेको तर्फबाट ४५ औ र ४६ औ गोल हो । यो विश्वकपमा उरुग्वेको लागी उनले तिन गोल गरी जम्मा ५ गोल गरेको छ ।
दोस्रो हाफमा पेपेले हेडर मार्फत पोर्चुगलका लागी बराबरी दिलाएका थिए । कवानीले ६२ औ मिनेटमा आफनो दोस्रो गोल गर्दे फेरी टिमलाई अग्रता दिलाए ।
म्याच हारेर पनि सबैको मन जिते रोनाल्डोले
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफनो टिमलाई जिताउन सकेनन् तर उनले खेलमा अनुशासन कायम गर्दे दर्शकहरुको मन अवश्यक पनि जितेका छन् । फिफा विश्वकपमा ४ खेल खेलेका रोनाल्डोले एक खेलमा जित, एक मा हार र दुई खेल बराबरी खेल्न अहम भुमिका निभाएका थिए । म्याचको ७२ औ मिनेटमा उरुग्वेको तर्फबाट दुई गोल गर्ने कवानीको मांसपेशि मा चोट लाग्यो र उनले आफनो खुटा मैदानमा राख्न पनि सकेका थिएनन् । यही समयमा रोनाल्डोले उनको हात आफनो काधमा राख्दै सहारा दिदै मैदानबाट बाहिर निकाल्न सहयोग गरे । जसलाई हेर्ने दर्शक तथा खेलाडीहरुले मुक्तकण्ठले प्रशांसा समेत गरे ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा