सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकपमा चार पटकको विजेता, चार पटकको उप–विजेता, पाँच पटकको सेमिफाइनल र तिन पटकको क्वार्टरफइनलिष्ट निरंतर हिसाबमा विश्वकपको इतिहासमा जर्मनी जति सफल अरु कुनै पनि टिम छैन । विडंबना भन्नु पर्छ २०१४ को विश्वकप च्याम्पियन २०१८ को अन्तिम १६ मा पुगने अहिलेसम्म निश्चित भएको छैन ।
कोरिया विरुद्ध बुधबार जब आफनो अन्तिम ग्रुप प्रतिस्पर्धामा उत्रनेछ तब उसले हर हालमा खेल ठुलो अन्तरले जित्नु पर्ने बाध्यता त छदैछ साथै भाग्यले पनि साथ दिनु पर्ने हुन्छ । जसरी, टोनी क्रुजले अन्तिम सेकेण्डमा गोल गर्दे स्विडेन विरुद्ध जसरी जित दिलायो त्यसले पुरै जर्मन टिमलाई हौसला मिलेको छ । उसको यो टिम सम्भवत पहिलो चरणबाटै बाहिर नहुन सक्छ । विश्वकपको इतिहासमा केबल १९३८ मा मात्र जर्मन दोस्रो चरणमा प्रवेश गर्न नसकेको हो ।
८० बर्षमा कहिलेपनि पहिलो चरणमा बाहिर नभएको चार पटकको विश्वकप च्याम्पियन जर्मनीले यदि आफनो विश्वकप शिर्षकमाथिको कब्जालाई यथावत राख्ने हो भने उसले आफनो अन्तिम गु्रप म्याचमा कोरीयालाई ठुलो अन्तरले हराउनुपर्ने हुन्छ । किनभने अन्तिम १६ को यात्रा तय गर्नको लागी उनीहरुको आशा केबल आफनो खेल प्रदर्शनमा मात्र नभएर दोस्रो टिममा पनि निर्भर रहन्छ ।
यद्यपी, दक्षिण कोरीयाको विरुद्ध अन्तिम गु्रप म्याच पछिल्लो विश्वकप विजेता जर्मनीको लागी गाह्रो नहुने अनुमान गरिएको छ किनभने दक्षिण कोरीयाको टिमले अहिलेसम्म एउटा पनि म्याचमा जित हासिल गर्न सकेको छैन भने उ पहिला नै विश्वकपबाट बाहिर भइसकेको छ । भने द. कोरीयाको लागी यो खेल केवल प्रतिष्ठाको लागी मात्र हुनेछ भने उसको लक्ष्य जीतसँग सम्मानपुर्वक आफनो विश्वकप अभियानको समाप्त गनु हुनेछ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा