सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ब्राजीलको सबैभन्दा ठुलो आशा भनेकै नेयमार हुन । उनी कोस्टारिक विरुद्धको दोस्रो प्रतिस्पर्धामा मैदानमा उत्रीदै टिमलाई ठुलो जित दिलाउनको लागी फिट हुदै खेलका लागी तयार भएका छन् । २६ बर्षिय यि स्टार खेलाडीको बलमा ब्राजील केबल कोस्टारिकालाई ठुलो अन्तरमा जितेर नकआउट चरणमा प्रवेश मात्र गर्न चाहदैन बल्कि उ ग्रुप ई को शिर्ष स्थानमा पनि बस्न चाहन्छ ।
पाँच पटकको च्याम्पियन १९८२ देखी हरेक पटक आफनो गु्रपको शिर्ष स्थानमा रहदै आएको छ । यती मात्र होइन कि २१ औ पटक विश्वकपमा खेलिरहेको ब्राजिल १९३८ देखि लिएर अहिलेसम्म एकपटक वाहेक प्रत्येक पटक ग्रुप चरणबाट अगाडी बढेको छ । केबल १९६६ मा मात्र उ आफनो ग्रुप चरणबाट बाहिरिएको थियो ।
रुस विश्वकप २०१८ मा भएको पहिलो खेलमा ब्राजीललाई स्विजरल्याण्डले १–१ को बराबरीमा रोकेको थियो । यो समय ब्राजील अंक तालिकामा दोस्रो स्थानमा छ । अन्तिम १६ मा पुग्नको लागी उसले आजको कोस्टारिका विरुद्धको खेल जित्नै पर्ने दबाब छ । यद्यपी, पहिलो खेलमा ब्राजीलका स्टार खेलाडी नेयमारले आफनो जादु देखाउन भने सकेका थिएनन् ।
दोस्रो तर्फ कोस्टारिकाले आफनो पहिलो खेलमा सर्बियासँग १–० को हार सामना गनु परेको थियो तर पहिलो खेलमा उसको डिफेन्स निकै उत्कृष्ट रहेको थियो । ब्राजीलको लागी कोस्टारिकाको डिफेन्सलाई पार गनु निकै चुनौति हुनेछ । ब्राजीलको टिम संतुलित छ त्यसकारण उ यो खेल जित्ने प्रबल दाबेदार मानिन्छ ।
५८ बर्षदेखि कोस्टारिकासँग हारेको छैन ब्राजील
ब्राजीलको टिम पछिल्लो ५८ बर्षदेखि कोस्टारिका सँग पराजित भएको छैन । यो दौरान दुबैेले ९ म्याच खेले जसमा सबै खेलमा ब्राजीलले जित हासिल गरेको छ । ब्राजीलले कोस्टारिकासँग एकमात्र हार १९६० मा भएको मैत्री खेलमा भएको थियो । विश्वकपमा दबै टिम दुई पटक एक आपसमा भिडेका थिए जसको दुबै खेलमा ब्राजीलले बाजी मारेको थियो । ब्राजीलले १९९० मा १–० र २००२ मा ५–२ ले कोस्टारिका माथि विजय हासिल गरको थियो ।
दुबै टिमको खेल रेकर्ड यस्तो छ
र्याङकिङ
ब्राजीलः २
कोस्टारिका : २३
विश्वकपमा ब्राजील
म्याचः १०५, जीतः ७०, हारः १७, ड्रः १८, गोल गरेकोः २२२, गोल खाएको: १०३, शिर्षक कब्जाः ५ पटक
विश्वकपमा कोस्टारिकाः
म्याचः १६, जितः ५, हारः ७, ड्रः ४, गोल गरेकोः १७, गोल खाएकोः २३, शिर्षक कब्जाः ०
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा