सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १६ । सरकारले सोमवारबाट लागु हुने गरी बीपी राजमार्गमा ठूला सवारीसाधन गुडाउन खुल्ला गरेसँगै स्थानियहरु चिन्तित छन् । काठमाडौंको पूर्वी नाका हुँदै तराई जोड्ने बीपी राजमार्गमा यसअघि यस्ता सवारी साधन गुडाउन प्रतिबन्ध लगाइएकोमा हालै फुकुवा गरिदिएपछि उक्त सडकले भार थेग्न नसक्ने र दुर्घटना बढ्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
यसअघि निजि तथा १८ सिट क्षमताको मात्र सवारी साधन गुडाउन अनुमति दिएकोमा सरकारले अव ३६ सिट क्षमताको ठूला बस गुडाउन अनुमति दिएको हो ।सरकारी अधिकारीहरूले चाहिँ नियम अनुसार नै सञ्चालन अनुमति दिएको बताउँदै सडकको क्षमतामा कुनै असर नपर्ने र स्थानीयवासी लाभान्वित हुने बताएका छन्।
जापान सरकारले २० वर्ष लगाएर निर्माण गरेको उक्त दुई लेनको धेरै ठाँउमा घुमाउरो रहेको १ सय ६० किलो मिटर लामो राजमार्गले ठूला गाडीको भार थेग्न नसक्ने भन्दै विगतमा त्यस्ता गाडी चलाउन प्रतिबन्धित थियो।
उक्त सडकको काभ्रे खण्डमा मात्रै बर्सेनि करिब ५० वटा सडक दुर्घटना हुने गरेको र त्यो नरोकिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा